३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


धरानमा पनि चल्यो डोजर, स्थानीय र सुरक्षाकर्मीबीच झडप



धरान, ८ माघ । धरान उपमहानगरपालिकाले सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन शुरु गरेको छ । आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी बनाइएको घरमाथि उपमहानगरले डोजर चलाएको हो ।

त्यसक्रममा स्थानीयबासी र सुरक्षाकर्मीबीच झडपसमेत भएको छ । स्थानीयले ढुंगामुढा गर्दा उपमहानगरको डोजरको सिसा फुटेकाे छ । यस्तै झडपमा केही व्यक्ति सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

धरान उपमहानगरको वडा नम्बर ५ मा रहेको अँधेरी खोला किनारको जग्गा अतिक्रमण गरेर स्थानीय मुना चौधरी लिम्बूले बनाएको घर उपमहानगरले भत्काएको हो ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ३ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।