२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बुढानिलकण्ठबाट झुठा विवरण बनाएर नागरिकता लिएको अभियोगका युवती पक्राउ




काठमाडौं
१२ माघ । झुठा विवरण देखाई नागरिकता लिएको कसुरका प्रतिवादी बुढानिलकण्ठ नगरपालिका १२ चुनिखेल बस्ने चितवन खैरहनी नगरपालिका ८ घर भएक ३२ वर्षीया युवतीका तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
झुठा विवरण पेश गरी बंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र लिएको भन्ने मुद्दाको अनुसन्धानको सिलसिलामा तामाङलाई जिल्ला अदालत चितवनबाट प्रदान गरिएको पक्राउ अनुमति पत्रको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई बुढानिलकण्ठ नगरपालिका १२ चुनिखेलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ११ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।