२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सिन्धुपाल्चोकमा बुबा लडेर बिते, छोरो बुबालाई भेट्न जाने भन्दै झुण्डिए



प्रतिकात्मक तस्बिर

काठमाडौं, १७ माघ । बुबाको मृत्युपछि एक किशोरले उनलाई भेट्न जाने भन्दै झुण्डिएर आत्महत्या गरेका छन् । सिन्धुपाल्चोकमा बुबा भर्याङ्बाट लडेर बितेपछि छोरोले पासो लगाएका हुन् ।
बाह्रबिसे बजारमा एक युवाले मृतक बुबाको सम्झना गर्दै झुण्डिएर आत्महत्या गरेको खुलासा भएको छ । पिता बितेपछि १९ वर्षका नवीन शाक्य आफ्नै घरको बरण्डामा झुन्डिएको अवस्थामा फेला परेका हुन् । ईलाका प्रहरी कार्यालय बाह्रबिसेका अनुसार घटनास्थलमा पुग्दा उनको छातिमा टाँसिएको कागजमा ‘म मेरो ड्याडीलाई भेट्न जान लागेको, मेरो अजिलाई राम्रो सँग हेरिदिनुहोला,’ लेखिएको छ ।
उनको बुबाको घरको भर्याङबाट लडेर गत शनिबार मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  १० : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।