२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेमा बसको ठक्करबाट बालिकाको मृत्यु, राजमार्ग अवरुद्ध



काठमाडौं, १९ माघ ।  नमोबुद्ध नगरपालिकाको भकुण्डेमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका वडा ननम्बर ७ स्थित बीसकिलोमा बा २ ख ७३४२ नम्बरको बसले बिहीबार दिउँसो साढे ३ ठक्कर दिँदा पैदलयात्री स्थानीय कृष्णबहादुर अधिकारीका ८ वर्षीया छोरी दिविसाको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार दुर्घटनापश्चात् आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् । नमोबुद्ध नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो । स्थानीयले करिब दुई घण्टा बीपी राजमार्गसमेत अवरोध गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ८ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।