८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


कलाकारलाई क्यान्सर उपचारमा विशेष छुट




भक्तपुर
२३ माघ । भक्तपुरको चाँगुनारायण नगरपालिका ९ ताथलीको फैढोकास्थित काठमाडौँ क्यान्सर सेन्टरले कलाकार सङ्घ र चलचित्र विकास बोर्डसँग सम्झौता गरेको छ ।
विश्व क्यान्सर दिवसका अवसरमा आज ताथलीस्थित अस्पतालको भवनमा कलाकालरलाई क्यान्सर उपचारमा विशेष छुट दिने गरी त्रिपक्षीय सम्झौता भएको हो । बोर्डका अध्यक्ष भुवन केसी, कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का, चलचित्र पत्रकार प्रकाश सुवेदीलगायतका कलाकारबीच सो सम्झौता भएको हो ।
काठमाडौँ क्यान्सर सेन्टरका अध्यक्ष डा अन्जनीकुमार झाले क्यान्सरलाई सबै मिलेर परास्त गर्न जरुरी रहेको भन्दै कलाकार राष्ट्रका गहना भएकाले उनीहरूको उपचारका लागि सेन्टर प्रतिबद्ध रहेको बताए ।
सम्झौतापछि सेन्टरमा कलाकारहरू बोर्डका अध्यक्ष केसी, प्रकाश सुवेदी, रवीन्द्र खड्का, रेजीना उप्रेती, धिरेन शाक्य, दीपकराज गिरी, दीपाश्री निरौला, विशाल भण्डारी, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, सुशान्त बस्याल, कैलाश कार्की, सुन्दर खनाल, सागर लम्साल लगायतका ५० बढी कलाकारको क्यान्सर रोगको जाँच गरिएको थियो ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ९ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।