१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर पाटनको आगलागी घटनाका मृतक विप्लवको स्मृतिमा २० लाखको अक्षयकोष स्थापना




ललितपुर
३ फागुन । आगलागीमा परेका छिमेकीलाई बचाउन जाँदा ज्यान गुमाएका विप्लभ अधिकारीको स्मृतिमा उनका पिताले अक्षयकोष स्थापना गरेका छन् ।
सो रकमबाट विप्लभका पिता ठाकुरप्रसादले विपत्तिमा राहात तथा उद्धार कार्यका लागि छोराको नामबाट रु २० लाखको राहत तथा उद्धारकोष स्थापना गरेका हुन् ।
गत वर्ष माघ २३ गते आगलागीमा परेका छिमेकी ७० बर्षिय खड्गबहादुर लिम्बूकी श्रीमती सुष्मालाई बचाउन जाँदा ग्यास सिलिण्डर पड्किएर दन्किएको आगोमा परी विप्लवले ज्यान गुमाएका थिए ।
सोमबार आयोजित विप्लभको श्रद्धाञ्जली सभामा बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री केशवप्रसाद पोखरेलले विप्लवले साहसका साथ काम गरेर युवालाई सामाजिक दायित्वतर्फ मार्गनिर्देश गरेको बताए ।
ल्लितपुर ३ की सांसद डा तोसिमा कार्कीले विप्लभ आफू मरेर पनि अरुलाई उद्धार गरेर सदैव धन्यवादको पात्र भएको बताइन् । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अक्षयकोषका लागि महानगरले रकम उपलब्ध गराउनेछ बताए ।

कोषमा आगलागीबाट उद्धार गरिएका छिमेकी खड्गबहादुरले पाँच लाख, मन्त्री पोखरेलले ५० हजार र सांसद कार्कीले एक महिनाको तलब उपलब्ध गराउने प्रतिबद्धता जनाइन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ८ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।