१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नल्लु तिप्चे सडक मर्मत नगरे बन्द गरिदिने स्थानीयहरुको चेतावनी




ललितपुर खबर
८ फागुन । दक्षिण ललितपुरको नल्लु तिप्चे भञ्ज्याङ सडक मर्मत गर्न गाँउपालिकाले सहयोग नगरे सडक बन्द गर्ने स्थानीयहरुले चेतावनी दिएका छन् । स्थानीयहरुले सडक मर्मतको माग गर्ने गाँउपालिका गुहारेका छन् ।
यस मोटर बाटोको अवस्था निकै नाजुक भएको र कुनै पनि बेला दुर्घटनाको दुखद घटना हुनसक्ने उनीहरुको भनाई छ ।
स्थानीयहरुले कोन्ज्योसोम गाउपालिकाका अध्यक्ष कृष्णमान लामा, उपाध्यक्ष राजन प्रसाद घिमिरे, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर बुढा थापा र वडाध्यक्षसँग छलफल भएको हो ।
६३ जना स्थानीयले सडक मर्मतमा गाँउपालिकाले नसघाएर आफूहरुले सडक बन्द गर्ने धम्की दिएका छन् । सडकको खाल्टा पुर्नुपर्ने र पानी बग्ने कुलेसो निर्माण गर्नुपर्ने उनीहरुको माग छ ।
पालिका अध्यक्ष लामाले आफूले चाडै सडक मर्मतको काम गर्ने आश्वासन दिएर फर्काएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ९ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।