२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


कलाकार मोहन निरौलाद्वारा प्यानलसहित अध्यक्षको उम्मेदवारी घोषणा



काठमाडौं, २ चैत । कलाकार मोहन निरौलाले आसन्न कलाकार संघको १९ औं साधारणसभामा लागि प्यानलसहित अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंको नक्सालस्थित एक होेटलमा आयोजित पत्रकार सम्मेलनमा कलाकार निरौलाले अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।

घोषित प्यानलको उपाध्यक्षमा कविता गेलाल, धनबहादुर बम्जन छन् । महासचिवमा सविन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल छन् ।
सदस्यहरूमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल छन्दे, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे प्रेम, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल बबी, सुनिल कुमार पुरी, गोपिलाल तामाङ, निर्मल स्याङतान र समीर लामा छन् ।

यस्तै निरौलाले आफ्नै प्रतिवद्धता पनि सार्वजनिक गरेका छन् । उनले संगठन सुदृढीकरण र पेशाको गमिा बढाउन अग्रजको निदे्र्रशन र क्रियाशिल कलाकारहरुको समन्वयात्मक सल्लाह अनुरुप कार्य सम्पादन गर्ने लगायतका प्रतिवद्धता छन् ।

हेर्नुहोस् पूर्णपाठ

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ११ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।