२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरकी सासंद डा. तोसिमाद्वारा नख्खु सडकबारे मन्त्रालयसँग सूचना माग



मन्त्रालयबाट सूचना नपाए ७ दिनपछि सूचना आयोगमा उजुरी हालेर कारवाहीको माग गर्न सक्ने व्यवस्था छ

२२ चैत्र । ललितपुर क्षेत्र नं. ३ की सासंद डा. तोसिमा कार्कीले नख्खु भैसेपाटी सडक विस्तारका सम्बन्धमा भौतिक पुर्वाधार तथा यातयात मन्त्रालयसँग कागजात माग गरेकी छिन् ।
सांसद डा. कार्कीले सूचनाको हक प्रयोग गर्दै नख्खु सडकको ठेक्काको अवस्था, ठेक्का लगाइएको रकमलगायतका सूचना माग गरेकी हुन् ।
उनले नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि बनेको ऐन २०६४ को दफा ३ र ७ अनुसार सूचना माग गरेकी हुन् ।

मन्त्रालयका सूचना अधिकारीले १५ दिनभित्र सूचना उपलव्ध गराउनु पर्ने व्यवस्था छ । सूचना अधिकारीले १५ दिनभित्र सूचना नदिए कारवाही गर्न मन्त्रालयका प्रमुखलाई पत्र लेख्न र सूचना उपलव्ध गराउन निवेदन दिन सक्ने व्यवस्था छ । प्रमुखले पथ ७ दिनको समय पाउछन् । मन्त्रालयबाट सूचना नपाए ७ दिनपछि सूचना आयोगमा उजुरी हालेर कारवाहीको माग गर्न सक्ने व्यवस्था छ ।

गत २०७२ सालमा सडक विस्तारको ठेक्का लागेको यस सडक ७ बर्षसम्म पनि अलपत्र परेपछि सासंद डा. कार्कीले नियमित रुपमा ताकेता गर्दै सडक विस्तार द्रुत गतिमा काम अगाडि बढाउन लगाएकी छिन् । विद्युतको पोल सार्ने र खानेपानीका पाइप विस्तारपछि अव सडक कालोपत्रको चरणमा प्रवेश गरेको बताइएको छ । यो सडक सासंद डा कार्की बस्ने क्षेत्रको सडक हो ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ४ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।