२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


महिला मार्ने बाघलाई ललितपुरको चिडियाखानामा राखिने



बाघले भविष्यमा थप मानवीय क्षति गर्न सक्ने भएकाले चिडियाखाना लगिन लागेको हो

 

१० बैशाख । शनिबार कञ्चनपुरमा एक महिलालाई आक्रमण गरेर मार्ने बाघलाई बाघ ललितपुरस्थित चिडियाखाना लगिने भएको छ ।
घाँस काट्न बन गएकी महिलालाई आक्रमण गरेर बेपत्ता पारेपछि बाघलाई नियन्त्रणमा लिइएको थियो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशन ठगुन्नाले कञ्चनपुरको बेलौरी नगरपालिकाबाट नियन्त्रणमा लिइएको बाघलाई चिडियाखाना लगिन लागेको बताएका छन् । “हामीसँग यहाँ खोरमा राख्न पर्याप्त स्रोत साधन नभएको र बाघले भविष्यमा थप मानवीय क्षति गर्न सक्ने भएकाले चिडियाखाना लगिन लागेको हो । ”

बाघले शुक्रबार बेलौरी पचुइमा घाँस काटिरहेकी सोही ठाउँकी ४२ वर्षीया गङ्गा चन्दलाई आक्रमण गरी मारेको थियो । चन्दसँगै घाँस काट्न गएका अन्य चार–पाँच महिलाले भागेर ज्यान जोगाएका थिए ।
बाघलाई नियन्त्रणमा लिन बर्दियाबाट बाघविज्ञ डा दिनेश देवकोटा नेतृत्वको टोलीले शनिबार बिहान बाघ नियन्त्रणमा लिएको थियो । मृतक महिलाको परिवारलाई निर्देशिकाबमोजिम राहत उपलब्ध गराउने निकुञ्जले जनाएको छ ।

 

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  २ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।