३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चरा ठोक्किएको भ्रम फैलाउने फ्लाई दुबईका दुई म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक



काठमाडौं, १२ वैशाख । फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको भनेर भ्रम फैलाएको आरोपमा दुई जना कारबाहीमा परेका छन्। सोमबार राति ९:२० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाजको एउटा इन्जिनमा समस्या आएपछि आगोको झिल्को र ठूलो आवाज आएको थियो।

एउटा इन्जिनमा समस्या आएपनि उक्त जहाज दुबई पुग्न सकिने भएपछि गन्तव्यका लागि उडेको थियो। तर दुबईको आधिकारिक पेजबाट उक्त जहाजमा चरा ठोक्किएको उल्लेख थियो।

यता नेपाल नागरिक उड्डयन प्राधिकरणले चरा ठोक्किएको प्रमाण नभेटिएको र भ्रम फैलाएको ठहर गर्दै दुई म्यानेजरलाई कारबाही गरेको हो।

फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएर उनीहरूको एयरपोर्ट पास समेत निष्क्रिय पारिएको प्राधिकरणले जनाएको छ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  १० : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।