काठमाडौं, १३ वैशाख । प्रमुख दलले संसदीय समितिमा रहने सांसदहरुको नाम उपलब्ध नगराएपछि समिति गठनमा ढिलाइ हुने भएको छ। सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकमा कांग्रेसलगायतका दलहरुले समितिमा रहनेहरुको नाम दिन ढिलाइ गरेपछि त्यसको असर समिति गठनमा परेको हो।
कांग्रेसलगायतका दलले समितिका रहनेहरुको नाम बुझाउन बिहीबारसम्मको समय माग गरेका छन्। परामर्श समिति बैठकपछि एमाले प्रमुख सचेतक पदम गिरीले समितिमा रहने सांसदहरुको नाम बुझाउन केही दलले समय मागेको बताए।
संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई सदनमा पेस गर्ने विषयमा पनि परामर्श समितिमा सहमति जुट्न नसकेको र यस विषयमा पुनः छलफल हुने जानकारी दिए।








प्रतिक्रिया