२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसदीय सुनुवाइ समितिका लागि तीन सांसद मनोनीत



काठमाडौं, १३ वैशाख ।  संसदीय सुनुवाइ समितिका लागि राष्ट्रिय सभाले तीन सांसदको नाम मनोनयन गरेको छ।

बुधबारको राष्ट्रियसभा बैठकले संसदीय सुनुवाइ समितिका लागि तीन सांसद रमेशजंग रायमाझी, देवेन्द्र दाहाल र जगप्रसाद शर्मालाई मनोनयन गरेको हो।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम बैठकमा जानकारी गराएपछि त्यसमा सर्वसम्मत रुपमा सहमति जुट्न पुग्यो। शर्मा माओवादी केन्द्र, दाहाल एमाले र रायमाझी कांग्रेसबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, विभिन्न संवैधानिक आयोगका पदाधिकारी, राजदूत सिफारिस भएका व्यक्तिहरुको नियुक्तिअघि संसदीय सुनुवाइ गर्ने संवैधानिक व्यवस्था गरेको छ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १२ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।