२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काँग्रेस नेत्री आरजु राणा भन्छिन्,‘चुनावी नतिजाबाट आत्तिनुपर्दैन’



 

१५ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले हालै सम्पन्न प्रतिनिधिसभाको उपचुनावको नतिजाबाट कांग्रेसले आत्तिनुनपर्ने धारणा व्यक्त गरेकी छिन् ।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले उपनिर्वाचनमा विजयी नहुँदैमा कांग्रेस कमजोर नभएको र विगतमा पनि कांग्रेस कहिले पहिलो र कहिले दोस्रो दल बनेको बताएकी छिन्

कांग्रेसप्रति आकर्षण नघटेको बताउँदै उनले भनिन्, “युवालाई लोकतान्त्रिक पार्टीका पक्षमा कसरी अगाडि बढाउन सकिन्छ भन्नेमा विशेष ध्यान दिनुपर्ने जरुरी छ ।” कांग्रेसकै नेतृत्वमा विगतमा देशमा विकास निर्माणका ठूला काम भएको बताउँदै उनले पार्टीले गरेको कामको प्रचारप्रसार गरेर सहयोग गर्न पत्रकारलाई आग्रह गरिन् ।

कार्यक्रममा कांग्रेसका जिल्ला सभापति नारायणदत्त भट्ट, नेपाल महिला सङ्घका जिल्ला सभापति पुष्पा भट्ट, नेपाल प्रेस युनियनका प्रदेश अध्यक्ष मनमोहन स्वाँर र जिल्ला सभापति श्रवण देउवालगायतले समसामयिक विषयमा बोलेका थिए ।

 

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  २ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।