२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु



दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु

खाँदबारी
२२ वैशाख । सङ्खुवासभाको भोटखोला ४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिएका छन् ।

हेलिकोप्टरमा सवार चारजना गम्भीर घाइते भएको उनले बताएका छन् । आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका ४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएको थिए । दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका छने । उनीहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।
(रासस)

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  १० : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।