२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने दश भारतीय पक्राउ



२४ वैशाख । झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले दश भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलले उनीहरुलाई उपत्यकाकाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
विभिन्न समयमा नक्कली कागजात तथा ठेगाना विवरण पेश गरी तराईका जिल्लाबाट नेपाली नागरिकता लिएको प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरुलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक डा मनोज केसीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाहरुले नागरिकता बनाउने टोली स्थलगत रुपमा खटिएको समयमा झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएको पाइएको छ ।

पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शङ्खमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमति देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता छन् । यस्तै बिहार घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता छन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देही, बारा, पर्सालगायतबाट नागरिकता लिइएको पाइएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।

उनीहरुको साथबाट नेपाली नागरिकता, मतदाता परिचय पत्र, भारतीय पासपोर्ट, भारतीय आधार कार्डलगायत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  २ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।