काठमाडौं,२७ वैशाख । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन् । केसीलाई जडिबुटीबाट पक्राउ गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बुधबार बिहान खाँणलाई मैजुबहालस्थित निवासबाट र केसीलाई जडिबुटीबाट पक्राउ गरेको छ। यस प्रकरणमा उनकी श्रीमती तथा सांसद् मन्जु खाँणको नाम पनि मुछिएको छ। यस प्रकरणमा समातिएका गिरोहको एक सदस्यले मन्जु खाँणलाइ ६ करोड बुझाएको भनिएको अडियो सार्वजानिक भएको थियो।
यस प्रकरणको अनुसन्धानको क्रममा पक्राउ पूर्जी जारी गरिएका नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने अझै फरार छन्।







प्रतिक्रिया