२७ वैशाख। नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई जिल्ला अदालत काठमाडौंले ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रहरीले खाँणलाई बुधबार बिहान मैजुबहालबाट पक्राउ गरेको थियो ।
खाणसँगै उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले म्याद थपको अनुमति लिएको छ । नक्कली शरणार्थी प्रकरणमा खाँणसँगै सरकारका सचिवब टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार ईन्द्रजित राईलगायत १२ जना पक्राउ परिसकेका छन् ।







प्रतिक्रिया