२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न दलहरूलाई आयोगको निर्देशन



२८ वैशाख । लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्वाचन आयोगले राजनीतिक दलहरुलाई निर्देशन दिएको छ। आर्थिक वर्ष २०७८/८९को लेखा परीक्षण प्रतिवेदन आयोगमा बुझाएका राजनीतिक दललाई आयोगक सो प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको हो।

लेखा परीक्षण प्रतिवेदन बुझाइसकेका ८२ राजनीतिक दललाई एक सताभित्र प्रतिवदेशन सर्वाजनिक गर्न आयोगले विज्ञप्ति निकाल्दै निर्देशन दिएको छ। आफ्नो वेवसाइट या अन्य माध्यमबाट प्रतिवेदन सार्वजनिक गरेरको सो जानकारी आयोगमा गराउन दलरुलाई भनिएको छ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानुनबमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

जसअनुसार आयोगमा ८२ दलले त्यस्तो विवरण अद्यावधिक गराएका छन् । आयोगले निरन्तर दुई आर्थिक वर्षसम्म प्रतिवेदन पेस नगर्ने राजनीतिक दललाई त्यस्तो प्रतिवेदन पेस नगर्नुको कारण सोधेको छ।

 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  २ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।