२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौं महानगरका मेयर बालेनको कडा प्रतिकृया, ‘नेताहरुलाई सिधै लगेर बागमतीमा चोपाल्नुस्’



३० बैशाख । भ्रस्टाचार बिरुद्धको आन्दोलनमा नेता वावुराम भट्टराई र डा.तोसिमा कार्की सहभागी भएपछि काठमाडौं महानगरका मेयर बालेन शाहले कडा प्रतिकृया दिएका छन् ।
उनले नेताहरुलाई सिधै लगेर बागमतीमा चोपाल्नुस् भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले भनेका छन्,‘यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले । पत्याउदिन म चही ।’
उनले आम सर्वसाधारणलाई तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कारबवही गर्नलाई हो, सिधै कार्बाही गर्ने नीति बनाउनलाई हो  भन्दै लेखेका छन् ।

पछिल्लो समय मेयर बालेन शाह राजनीतिक नेताहरुप्रति कडा प्रतिकृया दिदै आएका छन् । उनी ठीक एक बर्षअघि स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौं महानगरमा भारी मतका साथ विजयी भएका थिए ।
यस्तो छ महानगरका मेयरले लेखेको स्टाटस :
भ्रस्टाचार बिरुद्धको आन्दोलन ? ?
को नेता हो थाह छ ?
घर कहाँ हो थाह छ ?
सिधै लगेर बागमतीमा चोपाल्नुस ।
यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले ।
पत्याउदिन म चही ।
तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ५ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।