२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


शिक्षक अञ्जानकुमारले ढोका थुन्दै पाइप फुट्ने गरी विद्यार्थीहरु कुटेपछि बडिखेलबासी आतंकित



३१ बैशाख । गतशुक्रबार बडिखेलको श्री पथप्रर्दशक माध्यामिक विद्यालयका विद्यार्थीहरु रुदै घर फर्किएपछि बडिखेलमा एकछिन कोलाहल मच्चियो । सबै बच्चाहरु रोएको देखेर अभिभावकहरुले सोधे, ‘के भयो ।’ विद्यार्थीहरुले शरिरभरि घाउ देखाउदै भने, ‘हामीलाई सरले हामी कुट्नु भो ।’
विद्यार्थीहरुको शरिरमा घाउ नै घाउ थियो । उनीहरु रोइरहेका देखेपछि अभिभावकहरु विद्यालय पुगे । विद्यार्थी शिक्षक कुट्ने अञ्जानकुमार नदेखेपछि उनीहरु घर घेर्न टोल नै उत्रियो । आक्रोसित भीड नियन्त्रण गर्न प्रहरी आइपुग्यो ।
विद्यार्थीले विद्यालय व्यवस्थापन समितीसमक्ष शिक्षकले राम्रोसगँ नपढाएको भन्दै गुनासो गरेपछि ढोका थुनेर निर्घात कुटेको तथ्य खुलेको छ ।
शिक्षक आचार्य राम्रोसँग नपढाउने विद्यार्थीहरु बताउछन् । उनीहरुका अनुसार विद्यार्थीलाई ‘तिमीहरु पढ ह’ै भन्दै मोवाइल चलाएर बस्ने गर्छन् । धेरै जस्तो विद्यार्थीहरुलाई पढ्न लगाएर कक्षाबाहिर जाने गरेको उनीहरु बताउछन् ।


शुक्रबार दिउँसो तीनबजेतिर शिक्षक अन्जानकुमारले कक्षाभित्र पसेपछि ढोका लगाए । विद्यार्थीहरु भन्छन्,‘हामीले झ्याल पहिले नै थुनेका थियौं । हामीलाई पालै पालो कुटे ।’
शिक्षकले विद्यार्थीलाई क्रुरतापुर्वक बल प्रयोग गरेको देखिन्छ । पाइपले एक एक गरेर विद्यार्थी कुट्दै जाँदा पाइप फुटेको विद्यार्थीहरु बताउछन् । उनीहरु भन्छन्, ‘पाइप फुटेको पाइपले कुट्दा सरिरभरि घाउ बन्यो ।’
विद्यार्थीहरुका अनुसार कुट्ने क्रममा शिक्षक अञ्जानकुमारले भन्दै थिए, ‘तिम्रा बा आमालाई त मैले कुटेको छु तिमीहरु के हौ र ?
छोरा रुपेश पहरीको शरिरभरि निलडाम देखाउदै आमा धनकुमारी पहरी आफ्ना बच्चा कुटेको देख्दा दुःख लागेको बताउछिन । भन्छिन् , ‘हामीलाई पनि पढाउदा कुट्थे । त्यसताका विद्यार्थीको हातै भाचिने गरेर कुटेका थिए ।’घटनापछि बडिखेलका वालवालिकाहरु डराएका छन् । मधु पहरीकी आमा तारा पहरी आफ्नी छोरी विद्यालयबाट रुदै घर आएको देखेर डर लागेको बताउछिन् । उनी कारवाही नहुने हो भने शिक्षकलाई प्रोत्साहन मिल्ने उनको तर्क छ ।
छोरा विजयको शरिरमा घाउ नै हुने गरि शिक्षक अञ्जनकुमारले कुटेपछि वावु रवि पहिरी बेचैन छन् । उनी ढोका थुनेर विद्यार्थी कुट्नु शिक्षकको अपराध भएको भन्दै उनी सजायको भागिदार रहेको बताउछन् ।


शिक्षक आचार्य स्वास्थ्य विषय पढाउने गर्थे । शिक्षक अञ्जानकुमारले सधै विद्यार्थी कुट्ने गरेको अभिभावकहरु सुनाउछन् ।
विद्यार्थी कुट्ने क्रममा उनले नपढाएको पाठको प्रश्न सोधेको उत्तर भने पनि अन्धाधुन्ध कुटेका थिए । विद्यार्थी विजय पहरी भन्छन्, ‘ऐया भन्यो भने झन् कुटे ।’ उनका बाबु विजय पहरीले शिक्षक अञ्जानकुमारले पढाउने भए छोरा रविलाई विद्यालय नपठाउने बताउछन् । भन्छन्, ‘बरु अन्तै पढाउन लैजान्छु । त्यहाँचाही पठाउदिन ।’ विजयकी आमा भन्छिन्, ‘छोराको सरिभरि घाउ नै घाउ देख्दा रुन मन लाग्यो ।’

शुक्रबार नै विद्यालयमा मिटिङ थियो । मिटिङमा विद्यार्थीलाई शिक्षकलाई कुट्न नहुने र उनीहरुलाई राम्रोसँग सम्झाएर पढाउनु पर्ने विषयमा अभिभावकहरुले कुरा उठाएका थिए ।

घटनापछि विद्यालय व्यवस्थापन समितीको आज बैठक बस्दैछ । व्यवस्थापन समितीका अध्यक्ष वडाध्यक्ष समेत रहेका सानुभाई नगरकोटी आफ्ना भाई भजितालाई निर्घात कुट्ने शिक्षकलाई कारवाही गर्न सिफारिस गर्ने बताउछन् । उनी भन्छन्, ‘ढोका थुनेर विद्यार्थी कुट्दै विद्यालयमा आतंक मच्चाउने शिक्षकलाई कारवाही हुन्छ ।’

लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएर महानगरिय प्रहरी बृत्त बाडेगाँउ पु¥याएका थिए। वडाध्यक्ष सानुभाई नगरकाटीले कुटाई खाने १७ जना विद्यार्थी भेला पारेर उनीहरुलाई उपचार गर्न गोदावरी मिडसिटी अस्पताल पु¥याए । एक्से गरेर हेर्दा विद्यार्थीहरुको शरिरमा गम्भिर चोट देखिएन । तर उनीहरु पिडाले रातभर सुत्न कठीन भएको बताउछन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ४ : १३ बजे