२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेता टोपबहादुर रायमाझी पक्राउ



काठमाडौं, ३० वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा सम्पर्कविहीन रहेका पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोप बहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौं बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको हो । रायमाझीविरुद्ध गत वैशाख २० गते पक्राउ पुर्जी जारी गरिएको हो। सोही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरिसकेको छ।

उनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो। उक्त प्रकरणमा उनका छोरा सन्दीपलाई वैशाख २० गते बुटवलबाट पक्राउ गरेको थियो। अहिलेसम्म यो प्रकरणमा १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ३ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।