१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरिने



२ जेठ । सरकारले मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

दोस्रो जनआन्दोलनमा घाइते भएका कायस्थको २८ वैशाखमा ३२ वर्षको उमेरमा निधन भएको थियो । उनलाई ‘जिउँदो शहीद’ भनेर चिनिन्थ्यो ।

२०६२  चैत २७ गतेको आन्दोलनमा सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका कायस्थको ओछ्यानको बास भएको थियो । त्यसबेला उनी १४ वर्षको मात्र थिए ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  १२ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।