जेठ ७ । बझाङकाे सुर्मा गाउँपालिका २ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा ३ जना बेपत्ता र दुई जना घाइते छन्।आइतबार बिहान गएकाे हिमपहिरोमा परी उक्त घटना भएकाे र घटनास्थलतर्फ प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ। घटनास्थल टाढा भएकाले टोली पुग्न समय लाग्ने बताइएकाे छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा र सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक नेतृत्वको टोली घटनास्थलतर्फ गएको बताइएकाे छ । हिमपहिरोमा परेर घाइते भएका र बेपत्ता हुनेको परिचय भने खुलेको छैन। उनीहरु यार्सागुम्बा संकलन गर्न त्यहाँ पुगेको जानकारी आएको प्रहरीको भनाइ छ।







प्रतिक्रिया