३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘भैँसी चढेर आएको’ शब्द संसदको रेकर्डबाट हटाउन सभामुखकाे रुलिङ



२२ जेठ । सभामुख देवराज घिमिरेले ‘भैँसी चढेर आएको’ शब्द संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले ‘भैँसी चढेर आएको’ बताएपछि माओवादी केन्द्रका सांसदहरूले उठेर विरोध गरेका थिए।

त्यसपछि सभामुखले माओवादी हितराज पाण्डेलाई बोल्न समय दिएका थिए। उनलाई समय दिएपछि एमाले सांसदहरूले उठेर विरोध गरेका थिए। त्यसबीचमा पाणडेले असंसदीय शब्द रेकर्डबाट हटाउनुपर्ने बताए।

त्यसपछि सभामुखले एमालेका सांसद सूर्य थापालाई बोल्न समय दिए। थापाले सदनमा सत्तापक्षका सांसदले ‘दादागिरी’ देखाएको बताएपछि संसदमा चर्काचर्की परेको थियो।

त्यसपछि सभामुख घिमिरेले जसले बोलेको भए पनि ‘भैँसी चढेर आएको’ वाक्यांश संसदको रेकर्डबाट हटाउन निर्देशन दिए। तर एमाले सांसद रघुजी पन्त र रास्वापा सभापति रवि लामिछानेले सांसदले बोलेको ‘भैँसी चढेर आएको’ भनाइ हटाउने भए प्रधानमन्त्रीले बोलेको साेही शब्द पनि हटाउनुपर्ने आवाज उठाएका थिए। तर सभभामुख घिमिरेले सौसदले बोलेको र प्धानमन्त्रस्ले बोलेको वाक्यलाई एक तरिकाले जोड्न नकिल्ने स्पष्ट पारे।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ९ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।