२३ जेठ । सुनकोशी नदीमा बेपत्ता भएका सिटिइभिटीका दुई जना कर्मचारीको शव फेला परेको छ। सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बी एबी ७४६७ नम्बरको स्कोर्पियो गाडी शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।
मंगलबार सवा ६ बजे सुनकोशी नदीबाट गाडी र दुई जनाको शव बाहिर निकालेको सशस्त्र प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया