४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपालको समृद्धिमा चीनको सहयोग अपरिहार्य : अध्यक्ष तिमल्सिना


२६ आश्विन २०७६, आइतबार  

0
Shares

२६ असोज २०७६,काठमाडौँ । राष्ट्रियभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको समृद्धिको यात्रामा चिनियाँ सहयोग अपरिहार्य भएको बताउनुभएको छ ।

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको शिष्टाचार भेटवार्ताबारे जानकारी दिँदै अध्यक्ष तिमल्सिनाले नेपाल भ्रमण गर्नुभएकोमा नेपाली जनता खुशी भएको र भ्रमणका लागि आफूले धन्यवाद दिँदै समृद्धिमा सघाउन आग्रह गरेको बताउनुभयो । अध्यक्ष तिमल्सिनाले सङ्घीय संसद्का तर्फबाट राष्ट्रपति सीसँग होटल सोल्टीमा भेटवार्ता गर्नुभएको थियो ।

अध्यक्ष तिमिल्सिनाले नेपाललाई चीनको तर्फबाट भइरहेको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । “नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ, चीनका विरुद्ध नेपालमा कुनै गतिविधि हुन दिँदैनौँ”, भेटका क्रममा उहाँले भन्नुभयो । त्यसैगरी उहाँले चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ ९बिआरआइ० मा नेपाल साझेदार बन्न पाउँदा खुसी रहेको र परियोजनाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

राष्ट्रपति सीले नेपालको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सफल बनाउन चीन सबै किसिमका सहयोग गर्न तयार रहेको बताउनुभयो । “नेपालको संसद्को तर्फबाट यहाँ र सांसदहरुलाई चीन भ्रमणका लागि निमन्त्रणा गर्दछु”, राष्ट्रपति सीले भन्नुभयो ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ११ : १२ बजे