२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपति रामचन्द्र पौडेल मध्यरातमा विरामी, अस्पताल भर्ना



 

२ असार । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा मध्यराती समस्या आएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् ।

राष्ट्रपति कार्यालय श्रोतका अनुसार गएराति मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको उनका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए।

‘राति अलि गाह्रो भएर ल्याइएको हो। चिकित्सकहरूले कमजोरीका कारण भनेका छन्,’ उनले भने।

राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी चिकित्सकहरूको निगरानीमा राखिएको छ ।
केही दिनअघि राष्ट्रपतिलाई अस्पतालबाट उपचारपछि सन्चो हुने क्रममा निवास लगिएको थियो ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ३ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।