१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाढीपहिरोबाट ८ जनाको मृत्यु, २८ बेपत्ता (अपडेट)



४ असार । कोसी प्रदेशका हिमाली र पहाडी जिल्लामा आएको बाढीपहिरोमा परी हालसम्म आठजनाको मृत्यु भएको छ । ती घटनामा परी नौजना घाइते भएका छन् । २८ जना बेपत्ता छन् ।गएको शनिबारयताको बाढीपहिरोमा परी सातजनाको मृत्यु पुष्टि भएको कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ताप्लेजुङमा तीन, पाँचथरमा दुई, भोजपुर र संखुवासभामा एक÷एकजनाको मृत्यु भएको छ । तीमध्ये पाँचजना पहिरोमा पुरिएका थिए । दुईजनालाई खोलाले बगाएको मन्त्रालयले जनाएको छ ।

कोसी प्रदेश प्रहरी कार्यालयका अनुसार ज्यान गुमाउनेमा भोजपुरको ट्याम्केमयुम–८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपनका–९ का २६ वर्षीय सन्तोष राई, पाँचथरको फालेलुङ–४ का आठ वर्षीया जुना साउदेन, पाँचथरकै फिदिम–११ का २८ वर्षीय सन्जोग लिम्बू, ताप्लेजुङको फिदिङ्वा–६ का ३० वर्षीय गणेश तामाङ, ६७ वर्षीय केशर राई र सोही ठाउँका ३६ वर्षीय सुरेश राई छन् ।

यस्तै, धनकुटास्थित तमोर नदीमा पाँचथरकी २५ वर्षीया एलिसा माझीको शव फेलापरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ६ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।