५ असार । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जानकी सिंहको मृत्यु भएको हो । गम्भीर घाइते भएका मन्त्री सिंह, चालक धर्मराज जोशी र पीएसओ दीपक भण्डारीलाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ ।
कानुनमन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी मंगलबार डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।







प्रतिक्रिया