४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता


२६ आश्विन २०७६, आइतबार  

0
Shares

२६ असोज २०७६,काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिष्टाचार भेट गर्नुभएको छ । दुई देशबीचको प्रतिनिधिमण्डस्तरीय वार्ता र सम्झौतापछि प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग उहाँ रहनुभएको होटेलमा अलग्गै भेटवार्ता गर्नुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा शनिबार नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका राष्ट्रपति सी आज स्वदेश फर्कने क्रममा होटलबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गर्नुभएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  २ : ०६ बजे