१५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भित्रिएको नौ दिनपछि देशभर फैलियो मनसुन



८ असार । मनसुनी प्रणाली भित्रिएको नौ दिनपछि देशभर फैलिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै यसअघि पूर्वी र मध्य नेपालमा केन्द्रित रहेको मनसुन पश्चिम नेपालसम्म फैलिएको जनाएको हो।

पश्चिमी क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायु निष्क्रिय बनेसँगै मनसुन फैलिएको हो। मौसमविद् सजिना शाक्यका अनुसार आजदेखि तीन दिन देशका धेरै स्थानमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना छ।

यसमा पनि मधेस, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा ठूलो वर्षाको सम्भावना छ भने ती प्रदेशका एक–दुई स्थानमा धेरै ठूले वर्षाको सम्भावना पनि छ। थोरै स्थान भन्नाले त्यहाँको कुल भूभागको १० देखि २५ प्रतिशत क्षेत्रमा वर्षा हुनुलाई बुझाउँछ।

मौसम विभागले २४ घन्टमा १० मिलिमिटरभन्दा कम वर्षालाई हल्का, ११ देखि ५० मिलिमिटरभन्दा कम वर्षालाई मध्यम र ५० देखि सय एक सय मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा भन्छ।

एक सयदेखि दुई सय मिलिमिटरसम्मको वर्षालाई धेरै भारी (धेरै ठूलो) वर्षा भन्ने गरिन्छ। तर, यो भूगोल र स्टेसन अनुसार फरक–फरक हुन्छ।

मनसुन सक्रिय भएसँगै बाढीपहिरोको जोखिम हुने भएकाले सजगता अपनाउन महाशाखाले अनुरोध गरेको छ। नेपालमा ३१ जेठमा मनसुन भित्रिएसँगै असार १ र २ गते पूर्वी पहाडी क्षेत्रमा ठूलो वर्षा हुँदा बाढीपहिरोले जनधनको क्षति भएको छ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ११ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।