२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज बकर इद, सार्वजनिक विदा



बलीको मासु तीन भागमा बाँडेर एक भाग गरिब एवं विपत्र परिवारलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र अर्को एक भाग आफू खानुपर्ने मान्यता छ

 

१४ असार । इस्लाम धर्मावलम्बीहरुले आज बकर इद मनाउँदैछन् । यो पर्व इस्लामहरूको रमजानपछिको दोस्रो ठूलो चाड हो । मुसलमानहरुले धर्मले बोकाको बलि दिएर यो पर्व मनाउने गर्दछन् ।
मुसलमानहरुले बलीको मासु तीन भागमा बाँडेर एक भाग गरिब एवं विपत्र परिवारलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र अर्को एक भाग आफू खानुपर्ने मान्यता छ ।
गएको वर्षमा बकरिद पर्व असार २६ गते परेको थियो । इस्लाम धर्मअनुसार प्रत्येक वर्ष अरबी क्यालेन्डरअनुसार १०÷१० दिन पछि सर्दै जाने भएकाले ३६ वर्षको अवधिमा सबै चाडपर्वले एक फन्को लगाइसक्छ । यस पटक नेपालबाट एक हजार चार सय ४४ जना हज गर्न साउदीको मक्का पुगेका छन् ।
बकर इदको सन्दर्भ पारेर नेपाल सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ ।
यो पर्व राजधानीको निश्चित ठाँउ र तराईका विभिन्न जिल्लामा मुस्लिम धर्मालम्बीहरुले मनाउने गर्दछन् ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  १ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।