२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचारी ठहर



निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाईएक वर्ष तीन महिना कैद र रु नौ करोड १९ लाख छ हजार छ सय बराबर बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाएको हो

१५ असार । विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद तथा जरिवाना सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, शालिकग्राम कोइराला र खुशीप्रसाद थारुको इजलासले आज एक वर्ष तीन महिना कैद र रु नौ करोड १९ लाख छ हजार छ सय बराबर बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाएको हो ।

विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार कैद र जरिवानाका साथै खड्काको नाममा रहेको घर जग्गा, बैंक मौज्दात, सेयर र अन्य सम्पत्ति जफत हुने अदालतले फैसला गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काले रु १८ करोड ६६ लाख बराबर अकुत सम्पत्ति आर्जन गरेको दाबीसहित २०७५ पुस २३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

खड्काकी श्रीमती शर्मिला खड्का र अमिता लामाका नाममा अकुतरूपमा आर्जन गरेको सम्पत्ति लुकाएकोले सबै जफत हुनुपर्ने अख्तियारले मुद्दामा दाबी गरेको थियो ।

निगमको कार्यकारी निर्देशक हुँदा जग्गा खरिददेखि अन्य प्रकरणमा खड्का मुछिएका थिए । निगमको जग्गा खरिदसम्बन्धी विवाद अहिले पनि अख्तियारमा तामेलीमा छ ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ३ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।