२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मन्त्री मोदी स्वदेश फिर्ता



 

२४ असार । काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी स्वदेश फर्किएका छन् ।

दक्षिण कोरियाको बुसान सहरमा आयोजित विश्वका मन्त्रीस्तरीय ग्रामीण विकास सम्बन्धी सम्मेलनमा सहभागी भई मन्त्री मोदी गएराति स्वदेश फर्किएका हुन् ।

मन्त्री मोदी असार १८ गते दक्षिण कोरिया प्रस्थान गरेका थिए । दक्षिण कोरियामा रहँदा मन्त्री मोदीले ग्रामीण विकास सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्नुका साथै दक्षिण कोरिया सरकारका प्रतिनिधिहरुसँग भेटवार्ता गरेका थिए ।

संयुक्त राष्ट्र संघका पूर्व महासचिवलाई नेपाली ढाका टोपी लगाई मन्त्री मोदीले आँखी झ्यालसमेत उपहार दिएका थिए । उनले नेपाली जनप्रगतीशील मञ्च दक्षिण कोरियाले आयोजना गरेको अन्तक्र्रियालाई समेत सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ३ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।