१५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश



२८ असार । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
बिहीबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सचिव राउतलाई असार २४ गते पक्राउ गरेको थियो । राउत पक्राउ परेपछि उनलाई गैरकानूनीरुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट परेको थियो । सर्वोच्चले निवेदकको पक्षमा आदेश जारी गर्न नपर्ने कुनै आधार कारण भएमा सबुत प्रमाणसहित पेश गर्न भनेको छ ।

 

 

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  १२ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।