२ असार । नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ ।
मंगलबारदेखि शुरू भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले आगामी एक वर्ष क्रियाशील सदस्यता विस्तार अभियान चलाउने र ५ देखि ७ लाख नयाँ सदस्य बनाउने कार्ययोजना अघि सारेका हुन् । २० साउन २०८० देखि ३१ असार २०८१ सम्म अभियान चलाउने महामन्त्री थापाको प्रस्ताव छ ।
यस्तै महामन्त्री थापाले अबको एक वर्षमा बस्ने बैठकको मिति पनि प्रस्ताव गरेका छन् । हरेक दुई/दुई महिनामा बैठक गर्ने भन्दै उनले असोज, मंसिर, माघ, चैत र जेठको पहिला साता बैठक राख्ने प्रस्ताव गरेका हुन् ।
२ श्रावण २०८०, मंगलबार
12
Shares







प्रतिक्रिया