४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार पसिरमा अझै सुन रहेको आशंका गरिएको छ । भन्सार परिसरमा अझै सुन रहेको आशंका रहेकाले राजस्व अनुसन्धान विभागले विशेष अप्रेसन जारी राखेको छ ।
विशेष अप्रेशनका लागि विभागका महानिर्देशक नवराज ढुंगाना आफैं विमानस्थल परिसरमा पुगेका छन् । भन्सार परिसरमा अझै पनि गाडीका पार्टपुर्जा र उस्तै प्रकृतिका सामान रहेकाले उक्त सामानको परीक्षण भइरहेको छ । विभागले पक्राउ परेकाहरुको घर तथा बासस्थानसमेत खानतलासी गरेको छ ।







प्रतिक्रिया