५ साउन । प्रेस चौतारी नेपाल केन्द्रीय अध्यक्ष आदरणीय गणेश बस्नेतलाई विभिन्न बहानामा फसाउने षडयन्त्र गरिएको भन्दै ललितपुर भक्तपुर र काठमाडौंका जिल्ला अध्यक्षहरुले आपत्ति जनाएका छन् ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाटै नेपाल प्रहरीको साईबर ब्यूरोमा साईबर क्राइममा फसाउन संगठनका अध्यक्षलाई उजुरी दर्ता गरिनु आपत्तिजनक भन्दै चौतारी नेपालको काठमाडा अध्यक्ष मुकुन्द भुसाल, ललितपुरका अध्यक्ष वालमुकुन्द आचार्य र भक्तपुरका अध्यक्ष हेमराज ढकालले संयुक्त विज्ञप्ती प्रकाशन गरेका छन् ।
उनीहरुद्वारा हस्ताक्ष्रित विज्ञप्तीमा भनिएको छ,‘आम नागरिकको दुःखबाट कमाएको रकमबाट किनेको सामानलाई ल्याउनसमेत विभिन्न वहानामा असहयोग गर्ने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सबै सुरक्षा जाँचपास गरी ठूलो परिमाणमा अर्थात् सयौं किलो सुन तस्करी सामान्य नागरिकको बसमा नहुने यसका लागि गृहमन्त्रालय र विमानस्थलको उच्चअधिकारीको संलग्नताविना सम्भव नहुने यथार्थ बिषय हो ।’
संगठनका अध्यक्षले आफ्नो विचार राख्दा गृहमन्त्रीकै सचिवालयका सदस्यले प्रहरीमा उजुरी दिनु शक्तिको आडमा पत्रकारिता पेशालाई धम्याउनु आफैंमा निरकुंशतावादी चरित्र भएको बताइएको छ । विज्ञप्तीमा गृहमन्त्रीको सचिवालयबाट भएको घृणित कार्यको रुपमा उल्येख गर्दै गृह मन्त्रालयको मख्य ध्येय नेपाली प्रेस र आम नागरिकलाई त्रासमा राखेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लड्दै आएको हाम्रो संगठनको अध्यक्षलाई धम्की दिने तथा थुन्ने नियतले गरिएको उजुरी अत्यन्तै आपत्तिजक मात्रै नभई, नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक र वाक स्वतन्त्रताको विरुद्धमा रहेको उल्ेख गरिएको छ ।
सत्ता उन्मादमा आएर अध्यक्ष बस्नेतप्रतियोजनाका साथ चालिएको यो कदम तत्काल फिर्ता लिन प्रेस चौतारी नेपालका काठमाडौं उपत्यकाभित्रका तिनै वटा शाखा गृह मन्त्रालयलाई आग्रह गरेको छ ।
भष्ट्राचार र अपराधका सूचना पत्रकारिता क्षेत्रबाटै आएको विषयलाई नजरअन्दाज गरेर नेपाली प्रेसको मुख थुनेर आतंकित पार्दै आफ्नो अधिनायकवादी शासन चलाउने योजनाका विरुद्ध हामी सधैं अडिग भएर उभिने उनीहरुले विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।
।
प्रेस अभिव्यक्ति स्वतन्त्रतालाई विभिन्न वाहनामा बन्धक बनाइएमा त्यसबाट उत्पन्न हुने परिणामप्रति गृहमन्त्री नै जिम्मेवार हुने विज्ञप्तीमार्फत जिल्ला अध्यक्षहरुले चेतावनी दिएका छन् ।
विज्ञप्तीमा भनिएको छ, ‘सयौं किलो अवैध सुन ओसारपसारमा संलग्न व्यक्तिहरु चाहे मन्त्री होस् वा उच्चअधिकारी सबैलाई अबिलम्ब कारवाहीको मागसहित हाम्रो संगठनका अध्यक्ष र संगठनलाई दिइएको धम्कीप्रति घोर भर्सना गर्दछौं ।’







प्रतिक्रिया