४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सुन प्रकरणबारे बुझ्न गृहमन्त्रीद्वारा भन्सार कार्यालयको निरीक्षण



५ साउन । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको निरीक्षण गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बाहिरिएको घटनाबारे जानकारी लिन गृहमन्त्री श्रेष्ठ भन्सार कार्यालय पुगेका हुन् ।
गृहमन्त्री श्रेष्ठसँगै प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी पनि भन्सार कार्यालय पुगेका छन् ।

गत बुधबार अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको करिब एक क्विन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनियाँ नागरिक जीक्वाङ लिन सहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ६ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।