२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बालुवाटार जग्गा प्रकरणमा थप दुई जना पक्राउ



८ साउन । बालुवाटार जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार ललितपुरबाट दुई जना नक्कली मोहीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कुपण्डोलका सञ्जय महर्जन र सकुलानन्द महर्जन रहेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए। यो सँगै ललिता निवासको सरकारी जग्गा कीर्ते गरेर व्यक्तिको नाममा बनाउने २२ जना पक्राउ परेका हुन्। यी मध्ये सचिव कृष्णबहादुर राउत मात्रै हिरासत बाहिर छन्। २१ जनालाई थुनामा राखेर सीआईबीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  १० : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।