४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नदीमा डुबेर बालक बेपत्ता



 

१२ साउन । डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका ३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीबार खेल्ने क्रममा नदीमा डुबेका हुन् । उनीसँगै डुबेका चार वर्षीय मिलन साउदको स्थानीयले उद्धार गरेका थिए । उद्धार गरिएका उनको डडेल्धुरामा उपचार भइरहेको छ ।

बेपत्ता सुशान्तको खोजीका लागि आफन्त, नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेका छन् । दुवैजना खेल्दाखेल्दै सेती नदीमा पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  २ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।