१२ साउन । कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरुलाई ४ दिनको समय दिएका छन् ।
प्रदेश प्रमुख खापुङले साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सर्मथमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।
सर्वोच्च अदालतले बिहीबार मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्दै साउन १७ भित्रमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार बनाउन आदेश दिएको थियो ।








प्रतिक्रिया