४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सुन तस्करीबारे छानबिन गर्न संसदीय वा न्यायिक समिति बनाऔं: वर्षमान पुन



काठमाडौं, १५ साउन ।नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुन तस्करीको विषयमा छानबिन गर्न संसदीय वा न्यायिक समिति बनाउन प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको पार्टी पदाधिकारी बैठकमा पुनले सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितता विरोधी अभियान रोकिन नहुने बताउँदै सुन तस्करीको विषयमा छानबिन गर्न संसदीय वा न्यायिक समिति बनाउन प्रस्ताव गरेका हुन् ।

उपमहासचिव पुनले सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका तिब्बतीमुलका बेल्जियन नागरिक दावा छिरिङसँग कुनै सम्बन्ध नरहेको बताए । सरकारले सञ्चालन गरेको भ्रष्टाचार र अनियमितता विरोधी अभियानलाई अन्यत्रै मोड्न नियोजित चलखेलका रूपमा आफ्नो नाम दावासँग मुछ्ने प्रयास भएको उनले बताए ।

पुनले आफ्नो गृहजिल्ला रोल्पा थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी शहीद परिवारकी अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एकपटक डेरामा लिएर आएको पनि बताए ।

उनले दावा पक्राउ परेपछि आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको सामूहिक तस्बिरलाई अहिलेको घटनासँग जोडेर प्रचार भएको बताउँदै आफ्नो चरित्र हत्या गरिएको दाबी गरे ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ८ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।