४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बेपत्ता दमाईको शव खाल्टोका सडेलगेको अवस्थामा फेला



१९ साउन । कञ्चनपुरमा चार दिनदेखि बेपत्ता युवकको शव सडेगलेको अवस्थामा फेला परेको छ । कृष्णपुर नगरपालिका २ बङ्क नवदुर्गा टोलका ३५ वर्षीय कुवेर दमाई मृत भेटिएका हुन् ।

दमाईको शव घरदेखि करिब पाँच सय मिटर टाढा बन्द नदी किनारमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले जानकारी दिएका छन् । स्थानीयले बाख्रा चराउन जाने क्रममा नदीेको किनारमा खनेको माटो देखेपछि बिहीबार साँझ प्रहरीलाई खबर गरेका थिए । दमाई सोमबारदेखि बेपत्ता थिए ।

“खाल्डोमा सडेगलेको अवस्थामा शव फेला परेको छ”, उनले भने, “हत्या गरिएको हो वा अन्य कारणले मृत्यु भई शव गाडिएको भन्नेबारे पत्ता लगाउन अनुसन्धान जारी छ ।” शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ५ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।