२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अपराध


श्रीमतीको हत्या



प्रारम्भिक अनुसन्धानबाट घरायसी बिबादमा श्रीमानले चक्कु प्रहार गरी हत्या गरेको देखिन्छ
२० साउन । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक युवकले गए राति चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय दोधारा चाँँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउँदका अनुसार दोधारा चाँदनी ७ का ३४ वर्षीय प्रेमबहादुर बुढाक्षेत्रीले २१ वर्षीया द्रोपती बुढाक्षेत्रीको चक्कु प्रहार गरी हत्या गरेका हुन् । प्रहरीले प्रेमबहादुरलाई घरबाटै नियन्त्रणमा लिएको छ ।
“प्रारम्भिक अनुसन्धानबाट घरायसी बिबादमा श्रीमानले चक्कु प्रहार गरी हत्या गरेको देखिन्छ”, प्रहरी निरीक्षक साउँदले भने–“घटनाबारे थप अनुसन्धान भइरहेको छ ।” चक्कु प्रहारबाट गम्भीर घाइते द्रोपतीको उपचारका लागि प्राथिमक स्वास्थ्य केन्द्र दोधारा चाँदनी लैजाने क्रममा  बाटोमै मृत्यु भएको हो ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ८ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।