१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाढी पहिरोले दुई जनाको मृत्यु, पाँच बेपत्ता



२३ साउन । अविरल वर्षासँगै गएको बाढी पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन्। अविरल वर्षासँगैको बाढी पहिरोका कारण मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभान बस्ने ५५ वर्षीया सन्तमाया सेन्ताङ तथा सोही ठाउँका अर्का २२ वर्षीया शीला पहरीको मृत्यु हुनुका साथै चार जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएकाे छ ।
बाढी पहिरोकै कारण हालसम्म कूल ११ लाख २५ हजार बराबरको क्षति भएको छ। देशभरका एक दर्जन जति स्थानमा पहिरो गई राजमार्ग अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ४ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।