४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसदमा एमालेको नाराबाजी र वेल घेराउ, बैठक शुक्रबारसम्मलाई स्थगित



२४ साउन । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले बुधबार पनि अवरोध गरेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले बुधबारको प्रतिनिधि सभा बैठक पनि अवरोध गरेको हो ।

बैठकको शुरुमै एमाले सांसदहरु आफ्नो स्थाबाट उभिए र नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्यबहादुर थापालाई बोल्न समय दिएका थिए । थापाले तथ्यलाई ढाकछोप गरेर तस्करीलाई संरक्षण गर्ने गरी गृहमन्त्रीको जवाफ आएको आरोप लगाए ।

सांसद थापाले बोलिसकेपछि एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरे । एमाले सांसदहरुले निरन्तर नाराबाजी गरेपछि सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठक साउन २६ गते शुक्रबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको घोषणा गरे ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ९ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।