२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सुन तस्करी प्रकरणः व्यापारी राकेश अडुकियाका छोरा रोहन पक्राउ



२६ साउन । करिब एक सय किलो सुन तस्करी प्रकरणमा व्‍यापारी राकेश अकुडियाका छोरा रोहन अडुकिया पक्राउ परेका छन् । नयाँ दिल्ली हुँदै काठमाडौं आएका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको हो ।

उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागलाई बुझाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्दले जानकारी दिए । राजस्व अनुसन्धान विभागले अडुकियालाई कालोसूचीमा राखेको थियो । यसअघि राजस्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणमा व्यापारी राकेश अडुकियाको घरमा छापा मार‌ेको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  १२ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।