४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘माधव नेपाल भाग्ने मान्छे होइन, आत्तिएको पनि छैन’



२९ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल स्वदेश फिर्ता भएका छन् । अध्यक्ष नेपाल युरोपका विभिन्न देशहरू स्विजरल्याण्ड, स्पेन क्रोएसिया र बेलायतका देशको भ्रमणका लागि गत साउन २२ गते त्यसतर्फ गएका थिए । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर नेता नेपाल भदौ १ गते स्वदेश फर्कने कार्यतालिका रहेपनि उनी चार दिनअघि नै स्वदेश फर्किएका हुन् ।

पूर्व निर्धारित कार्यक्रम छोट्याएर स्वदेश फर्किएका अध्यक्ष नेपालले आफ्नो नाम ललिता निवास प्रकरणमा जोडिैपछि कतिपय मिडियाले माधव नेपाल भाग्यो भनेर लेखेको भन्दै आपत्ति जनाए । त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले आफु भागेर,देश छोडेर हिड्ने खालको मान्छे नपरेको दाबी गरे ।

“पत्रपत्रिकामा मेरो बारेमा जोडिएर समाचार आयो, कसैकसैले त माधव नेपाल भाग्यो भनेर पनि लेखे । माधव नेपाल भाग्ने खालको मान्छे होइन भन्ने कुरा बुझ्नुपर्थ्यो,” उनले भने, “गोली चल्ने बेलामा, गोली खानी बेलामा त नभाग्ने मान्छे, अनि बदमासी र कुनै पनि अपराध नगर्दाखेरि तर्सेर भाग्ने खालको मान्छे माधव नेपाल हुँदै होइन ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ७ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।